Share this News on Social Networking Pages

बुटवल,१४ फागुन ।
नेपालमा शुक्रबार थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा एक सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७३ हजार ९ सय ८४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ७० हजार दुई सय ७७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना दुई हजार सात सय ७१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यसैबीच नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजारभन्दा तल झरेको छ ।

गएको कार्तिक पहिलो हप्ता सक्रिय संक्रमितको संख्या ४० हजार नाघेकोमा अहिले घटेर एक हजारभन्दा तल झरेको हो । हाल नेपालमा नौ सय ३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या ७१ रहेको छ ।

नेपालमा हालसम्म २१ लाख ५७ हजार पाँच सय ८० जनाको पिसिआर परीक्षण गरिएको छ ।