Share this News on Social Networking Pages

पाल्पा,१४ फागुन ।
पाल्पाको रामपुर नगरपालिका –७ किसान बारीमा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपूर नगरपालिका वडा नम्बर ६ विजयपुरका ३० वर्षीय सञ्जु आले रहेका छन् ।

खप्टारबाट विजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिहिबार राती साढे ९ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।

दृटनामा परि गम्भीर घाइते भएका आलेलाई उपचारको लागि रामपुर अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाकइल सडकभन्दा ७ मिटर तल खसेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।