Share this News on Social Networking Pages

काठमाण्डाै, १३ फागुन
आज गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाण्डौ र आसपास क्षेत्रको मौसम भने सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँबाहेक अरु ठाउँको मौसम भने सफा रहने मौसमविद् नगरकोटीको भनाइ छ । यो क्रम आज रातिसम्म नै रहनेछ । अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बद्ली भएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।