बुटवल,१३ फागुन । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको स्वागत गरेेेेेकाे छ।
पार्टीका अध्यक्ष केपी पालुङ्वाले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरि प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला लाई सकारात्मक भन्दै स्वागत गरेेेेेकाे हो ।
सर्वोच्चको यो ऐतिहासिक निर्णयले देशलाई राजनीतिक दुर्घटनाको परिस्थितिबाट तत्कालका लागि जोगाएको भन्दै विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिपक्व बनाउदै अघि बढ्ने क्रममा आइपर्ने समस्या र चुनौति परास्त गर्नका लागि अग्रगामी शक्तिहरूबीच सहकार्यको आवश्यकता रहेको तर्फ पनि ध्यानाकर्षण गराइएकाे छ ।