बुटवल,१२ फागुन ।
बोलेरो जीपको ठक्करबाट बुटवलमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गयराति बुटवल उपमहानगरपालिका–१२ जितगढीमा बुटवल तर्फ आउँदै गरेको लु ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जादै गरेको लु १ च ९०५० नम्बरको बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गुल्मीको रुरु गाउँपालिका ७ का ५६ वर्षीय बाबुराम पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते पन्थीको उपचारको क्रममा गयराति १ः ४५ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।