बुटवल,९ फागुन ।
बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष हरि प्रसाद अर्यालले अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् ।
अर्यालले आज पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
बुटवल उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य, महासचिव हुदै बाणिज्य उपाध्यक्षको जिम्मेवारी निर्वाह गरि सकेको भन्दै अर्यालले आफु अध्यक्षका लागि उपयुक्त भएको दाबी गरे ।
उम्मेदवारी घोषणा गर्दै अर्यालले आफ्नो नेतृत्वमा संघलाई गतिशील, ब्यवसायमैत्री, ब्यवसायीक सुरक्षामा कृयाशिल रहने प्रतिवद्धता जनाए । अर्यालले आफ्नो उम्मेदवारी घोषणा गरेपनि आफ्नो समुहका अन्यको नाम भने खुलाउनु भएन ।
‘म बाटोमा हिडेको यात्रु हु गन्तव्यमा पुग्दासम्म जो सुकैपनि सडकमा भेटिन सक्नुहुन्छ उहाँहरुसँग सहकार्य हुन्छ अर्यालले भने ।’
अर्यालले आफुले सस्थाको नेतृत्वमा आउन सबै हिसाबले सक्षम रहेको बताउदै चुनाव भए आफुले जितने दाबी समेत गरे । बुटवल उद्योग बाणिज्य संघको ६४ औ साधारणसभा तथा २४ औं अधिवेशन फागुन १० गतेदेखि सुरु हुदैछ ।