पाल्पा,८ फागुन ।
जिल्लाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वखोला –४ बलीपोखराका १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया माया देवी सिंह रहेका छन् ।
बालुवा खन्नेक्रममा शनिबार दिउँसो माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक, लक्ष्मण पचभैयाले जानकारी दिए ।

पवित्राको घटनास्थलमै र मायाको उपचारका लागि जिल्ला सदरमुकाम तानसेन तर्फ ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।