Share this News on Social Networking Pages

बुटवल,८ फागुन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा पुर्नस्थापना नभए देशमा ठूलो संकट आउन सक्ने चेतावनी दिएका छन् ।

अहिलेको निकास प्रतिनिधि सभा पुर्नस्थापना भएको बताउदै केसीले पुर्नस्थापना नभए देशमा ठूलो संकट आउन सक्ने चेतावनी दिए ।

शनिबारदेखि बुटवलमा शुरु भएको जातीय समता समाजको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले २०४७ को संविधानले प्रनिनिध सभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिएपनि २०७२ को संविधानले प्रतिनिधि सभा विघटन गर्न प्रधानमनत्रीलाई कूनै अधिकार नदिएको दावी गरे ।

संविधान मिचेर प्रतिनिधि सभा विघटत गर्ने अहोलीको कदम निरंकुश र अलोकतान्त्रिक भएको बताए । सरकारलाई काम गर्न दिएनन् भन्ने नाममा प्रतिनिधिसभा विघटन गर्ने अधिकार ओलीलाई संविधानले नदिएको र अर्को कुन शक्तिले दियो भन्दै केसीले प्रतिप्रश्न गरे ।

संसद पुर्नस्थापना हुने नहुने कूनै निश्चित नभएको उल्लेख गर्दै उनले अदालत र निर्वाचन आयोग सरकारको दबावमा परेको बताए ।

केसीले सरकारको दवावमा निर्वाचन आयोगले बैशाखमा चुनाव हुन्छ, भनेपनि त्यो सम्भव नभएको दाबी गरे ।

प्रधानमन्त्री ओली र कांगे्रस सभापति शेरबहादुर देउवा लेनदेन र भ्रष्टाचारमा संगसंगै भएकाले देउवाले चुनाव हुनुपर्छ भन्न थालेको अध्यक्ष केसीको आरोप छ ।

संघीयता र प्रतिनिधिसभा विघटनले देश झनै संकटमा परेको अध्यक्ष केसीको भनाइ छ ।

जातीय छुवाछुत अन्त्य गर्नुको विकल्प नभएको बताउंदै उनले यो व्यवस्थाबाट जातीय छुवाछुत मुक्त हुनै नसक्ने दाबी गरे ।

सामान्तबादी सोंच र चिन्तन भएकाहरुको सत्तामा हालीमुहाली हुंदासम्म जातीय छुवाछुत पनि अन्त्य हुन नसक्ने र हरेक प्रकारका विभेद, शोषण दमन, अत्याचार, भ्रष्टाचार, हत्या, हिंसा न्यूनिकरणसमेत हुन नसक्ने केसीले बताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका शिव पौडेल, अन्टुकका कार्यवहाक अध्यक्ष लोकराज भुसाल, अखिल छैठौंका उपाध्यक्ष देवेन्द्र कुंवर, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, जनजाती सम्मेलनकी उषा राना, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य हरि योगी लगायतले बोलेका थिए । दुइ दिनसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने जनाइएको छ ।