Share this News on Social Networking Pages

बुटवल,७ फागुन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह १० चरङगेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवदह ८ बस्ने मोटरसाइकल चालक २७ बर्षिय राम बहादुर थापा र मोटरसाइकलमा सवार देवदह–८ ठाउकै २० बर्षिय प्रकाश न्यौपाने रहेका छन् ।

रुपन्देहीको खैरेनिबाट बुटवल तर्फ आउदै गरेको लु ४३ प ६८१७ नं को मोटरसाईकल गयराती चरङगेमा अनियन्त्रित भई सडक बाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।