Share this News on Social Networking Pages

काठमाडौं,७ फागुन ।
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारै प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरि जनाएका छन् ।

संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनलाई पदमुक्त गरिएकोे राष्ट्रपति कार्यालयले जनाएको छ ।

परियार तत्कालीन नेकपा माओवादीका नेता हुन् । वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित भएका थिए ।