काठमाण्डौ,६ फागुन ।
परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै कक्षा १२ को एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।
दैलेखको कालीका माविबाट परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएको मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।