Share this News on Social Networking Pages

काठमाडौ, ५, फाल्गुन ।
बुधबारबाट चिकित्सकहरुले चिकित्सक परामर्श शुल्क वृद्धि गरेका छन् ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले विज्ञप्ति जारी गर्दै आजको मितिबाट लागू हुने गरी चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

चिकित्सकको योग्यता र अनुभवका आधारमा शुल्क निर्धारण गरिएको छ । पाँच वर्षसम्म अनुभव भएकोलाई ३७० रुपैयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सकको परामर्श शुल्क ४५० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० वर्षसम्म अनुभव भएका चिकित्सकको परामर्श शुल्क ८२५ रुपैयाँ रहने छ ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरी चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

सो प्रतिबद्धता कार्यान्वयन नभएपछि फागुन ४ गते बसेको अफिन र नेपाल चिकित्सक संघको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।