Share this News on Social Networking Pages

बुटवल,५ फागुन ।
नेपाल पत्रकार महासंघको भालुवाङमा सम्पन्न प्रदेश साधारणसभामा क्रान्तिकारी पत्रकार महासंघलाई वायस गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले खेद प्रकट गरेको छ ।

महासंघको सोमवार बुटवलमा भएको छलफलमा प्रदेश साधारणसभामा क्रान्तिकारी पत्रकार महासंघलाई वायस गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले खेद प्रकट गरेको हो ।

सो क्रममा क्रान्तिकारी पत्रकार महासंघ , जनपत्रकार संघ र मुद्धा मिल्ने पत्रकार संघसंगठन बीच चुनावी मोर्चाबन्दी गर्ने बिषयामा समेत छलफल गरिएको महासघका कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयले जानकारी दिए ।

क्रान्तिकारी पत्रकार महासघ रुपन्देहीले रणनैतिक संयुक्त मोर्चाको फागुन ६ गतेको कार्यक्रममा प्रचारकर्ताको भुमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

छलफलमा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य पिताम्बर आचार्य जिल्ला सेक्रेटरी बिनोद मरासिनी क्रान्तिकारी पत्रकार महासघका कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयलागयत सहभागी भएको महासंघले जनाएको छ ।

कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले पत्रकारहरुले जनपक्षीय पत्रकारिताको मिसनलाई छोड्न नहुने बताएका थिए ।