Share this News on Social Networking Pages

दाङ,५ फागुन ।
परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षाकोठामा विद्यार्थीलाई कुटेको अभियोगमा दाङमा एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको देउखुरी राजपुर गाउँपालिका ७ मा रहेको माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विक रहेका छन् ।

शिक्षक विकलाई पक्राउ गरेर बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिए ।

विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शिक्षक विकले झण्डै दुई हप्ताअघि गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो ।