बुटवल, ५ फागुन ।
रणनैतिक संयुक्त मोर्चाले फागुन ६ गते बिहीबार बुटवलमा आयोजना गरेको जनसभाको तयारी पुरा भएको जनाएको छ ।
बुटवलको ट्राफिकचोकमा दिउंसो १.०० बजे शुरु हुंने कार्यक्रमलाई नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस,नेकपाका अध्यक्ष ऋषि कट्टेल,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’,राष्ट्रिय जागरण अभियानका सशिधर भण्डारी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।
कार्यक्रम पूर्व बुटवलको राजमार्गचौराहबाट शुरु हुंने विशाल र्यालीले बुटवल बजार परिक्रमा गरि ट्राफिकचोकमा पुगेर जनसभामा परिणत हुंने आयोजकले जनाएका छन् ।
प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादका लागि नेकपा क्रान्तिकारी माओवादी,नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी सम्मिलित मोर्चाले जनसभाको आयोजना गरेका हुन् ।