Share this News on Social Networking Pages

काठमाडौं,४ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ ।

सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपका क्रममा प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएको प्रचण्ड–माधव समूहले जनाएको छ ।

ओली पक्षीय विद्यार्थिको कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले जानकारी दिए ।

कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको पनि उनले बताए ।