बुटवल,४ फागुन ।
रुपन्देहीको तिलोत्तमामा आवास विकास परियोजना सुरु भएको छ ।
लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि. तिलोत्तमा—७, रुपन्देहीले आज तिलोत्तमाको ड्राइभरटोलमा पत्रकार सम्मेलनको आयोजना गरी परियोजनाबारे जानकारी गराएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७ भलबारी स्थित सिद्धार्थ राजमार्गबाट १४ सय मिटर पूर्व झण्डै ६ विगाह क्षेत्रफलमा १ सय २३ वटा सूविधा सम्पन्न घर निर्माण गर्न लागिएको हो ।
छरिएर विकास हुने बस्तीमा आधारभूत सेवा सुविधा र पूर्वाधार पु¥याउन सरकारलाई कठिन भैरहेकोअवस्थामा एकीकृत बस्ती विकास अहिलेको आवस्यकतालाई ध्यानमा राखेर कम्पनीले भलवारीमा सम्पूर्ण सुविधा सहितको व्यवस्थित आवास क्षेत्र निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष नेत्रलाल वनले जानकारी दिए ।
परियोजना अन्तर्गत कूल १२३ वटा ढाई तलाका घरहरु निर्माण गरिने अध्यक्ष वनले बताए ।
जग्गा र घरको क्षेत्रफलको आधारमा गु्रप ए मा ३८ वटा र ग्रुप बी मा ८५ वटा घरहरु निर्माण गरिने कम्पनीले जनाएको छ ।
ग्रुप ए अन्तर्गत १४ धुर जग्गामा २९ सय स्क्वायर फुटको घरको मुल्य २ करोड ५० लाख र १० धुर जग्गामा २२ सय स्क्वायर फुटको घरको मुल्य १ कारोड ७५ लाख मुल्य निर्धारण गरिएको छ ।
परियोजनास्थल कम्पाउण्ड भित्र सबै परिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्शियल कम्प्लेक्स,सामुदायिक भवन,व्याडमिन्टन कभर्डहल,बास्केटवल कोर्ट स्वीमिङ्ग पुल,चिल्ड्रेन्स पार्क,जिमखाना,मन्दिर,हेल्थ क्लव,रेष्टुरेण्ट,सैलुन,व्युटिपार्लर,ग्रिन जोन लगायतका सुविधा रहने कम्पनीले जनाएको छ ।
प्रा.लि.का अध्यक्ष वनको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन पत्रकार बिपी गैतमले गरेका थिए।