बुटवल, १ फागुन ।
कोरोगेटेट बक्स उत्पादक संघ लुम्बिनी प्रदेश समितिको नारायण प्रसाद पौडेलको अध्यक्षतामा १३ कार्यसमिति चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सूर्य न्यौपाने, महासचिवमा अमृत गौतम,कोषाध्यक्षमा रोशन लम्साल,र सहकोषाध्यक्षमा शेषकान्त्त अर्याल चयन भएको महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुक्रितराज पराजुलीले जानकारी दिए ।
समितिको मजदुर क्षेत्र हेर्ने गरि अर्जुन पौडेल, प्रविधीतर्फ अजय चौधरी, कानुनी परामर्शका लागि सुरेन्द्र धिताल, आर्थिक क्षेत्र हेर्ने गरि दिनानाथ ज्ञवाली र वजार र उत्पादन क्षेत्र हेर्ने गरि विष्णु भण्डारी, मानसंिह भण्डारी र केदार प्रसाद खनाल सदस्यमा चयन भएका छन् ।
त्यसअघि व्यवसायीको भेलाले कोरोगेटेट बक्स व्यवसायीहरु ठुला उद्योगी तथा व्यापारीवाट मारमा परेको गुनासो राखेका थिए ।
उत्पादित वस्तुको मुल्य ५ वर्षदेखि यथावत रहेको तर कच्चा पदार्थको मुल्य महिना महिनामा बृद्धि हुने गरेकाले सोको नियन्त्रणका लागि प्रदेश समिति गठन गरिएको बताइएको छ ।
समितिको सल्लाहकारमा संजय लम्साल चयन भएका छन् ।