काठमाडौं,१ फागुन ।
भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । शुक्रबार बेलुकी हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा गोली हानेर पाँच जनाको हत्या भएको हो ।

घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । घटनाको बिषयमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।