Share this News on Social Networking Pages

काठमाण्डौ,३० माघ ।
आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् वरुण पौडेलकाअनुसार अझै एक÷दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना रहेको छ ।

उनले पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको बताए । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलको भनाइ छ ।

यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।