बुटवल,२९ माघ ।
स्रोत नखुलेको एक लाख ९० हजार रुपयाँ सहित सडक पूर्वाधार बिकास कार्यालय, रोल्पाका निमित्त प्रमुख नवीन श्रेष्ठ समेत ४ जना कर्मचारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
अख्तियारको नियन्त्रणमा पर्नेमा सडक पूर्वाधार बिकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ, ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेम कुमार बराल र हलुका सवारी चालक मान सिंह पुन मगर रहेका छन् ।
रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा बिहीबार दिउसो रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठीबनबाट श्रोत नखुलेको नगद एक लाख ९० हजार रुपयाँ सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको आयोगको बुटवल कार्यालयका सूचना अधिकार सुरेश भुसालले जानकारी दिए ।
उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको सूचना अधिकारी भुसालले बताए ।