Share this News on Social Networking Pages

बुटवल,२७ माघ ।
रुपन्देहीको तेश्रो सैनामैनामा जारी मेयर कप नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधवार भएको खेलमा फुलबारी गाइज विजयी भएको छ ।

फोर ब्रदर्श नवलपरासीलाई १–० गोल अन्तरले पछि पार्दै फुलबारी गाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

जीतका लागि फुलबारीका प्रयास तामाङले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा तामाङ नै म्यान अफ दि म्याच घोषित भए ।

विहिबार रुपन्देहीको फर्साटिकर एफसी र कपिलवस्तु जिल्ला फुटबल संघ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

सैनामैना–७ सरस्वती माविको खेलमा मैदानमा जारी प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २ हजार २२ रुपैया सहित ट्रफि र मेडल प्राप्त गर्ने छ । उविजेता टिमले १ लाख उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित कप तथा मेडल प्राप्त गर्ने छ ।

प्रतियोगिताको अन्तिम ४ मा पुग्ने अन्य २ समुहले समेत नगद २०र२० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी विधागत रुप उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक तथा उत्कृष्ट कोचलाई समेत नगद पुरस्कारले पुरस्कृत गरिने जनाइएको छ ।