Share this News on Social Networking Pages

बुटवल २८ माघ ।
राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारीमा यस वर्ष लुम्बिनी प्रदेशको दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ पुरष्कृत भएको छ ।

प्रदेश स्तरीयमा पनि दाङ जिल्लाकै साना किसान लक्ष्मी सहकारी लक्ष्मीपुर उत्कृष्ट प्रदेश सहकारीका रुपमा पुरष्कृत भएको छ ।

प्रदेश स्तरीयमा नवलपरासीको सयपत्रि बचत तथा ऋण सहकारी पनि पुरष्कृत भएको छ ।

केन्द्रिय स्तरमा उत्कृष्ट सहकारीको पुरस्कृत दाङ जिल्ला बचत तथा सहकारी संघका विमल अधिकारीलाई बुधवार रुपन्देहीको ड्राईभरटोलमा आयोजित एक कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेती र सहकारी विभागका रजिष्ट्रार डा. टोक राज पाण्डेले संयुक्त रुपमा प्रदान गरेका हुन् ।

त्यस्तै प्रदेश स्तरीय पुरस्कार साना किसान लक्ष्मी सहकारीका गोविन्द्र प्रसाद शर्माले ग्रहण गरेका थिए ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका शाखा मार्फत कारोवार गर्ने बुटवल शाखा मातहतका पल्लबी बचत तथा ऋण सहकारी र फूलवारी बचत तथा ऋण सहकारी,बैकको बर्दघाट शाखा मातहतबाट दाउन्ने देवि बहुउद्देशीय र सिद्धार्थ बहुउद्देशीय सहकारी, बंैंकको दाङ शाखा मातहतबाट गौरिशंकर बचत तथा ऋण सहकारी र महिला साना किसान सहकारी संस्था तथा बैकको कोहलपुर शाखा मातहतबाट नवकिरण बहुउद्देशीय र नागेश्वरी कृषि सहकारी उत्कृष्ट भई पुरस्कृत भएको बैंकका संचालक माधवलाल देवकोटाले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष सूचना जारी गरि सहकारीहरुलाई आवेदन फर्म भर्न लगाउने र मापदण्ड पुरा गरि सहकारी मान्यता ऐन नियम पालना गरे नगरेको छानविन गरि उत्कृष्ट ठहर भएकालाई पुरस्कार दिने नियम बनाएको अर्का संचालक रामकृष्ण खाँणले बताए ।