Share this News on Social Networking Pages

काठमाडौं,२७ माघ ।
ताप्लेजुङमा आज बिहानै भूकम्प गएको छ । बिहान ७ ः ३५ बजेको समयमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो ।

ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि के कति क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन ।