Share this News on Social Networking Pages

काठमाडौं,२६ माघ ।
संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध विवेकशील नेपाली दलले काठमाण्डौमा प्रदर्शन गरेको छ ।

विवेकशीलले सोमबार माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो ।

संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।