Share this News on Social Networking Pages

काठमाण्डौ,२५ माघ ।
नेपालमा आइतबार थप एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ३६ महिला र ८३ पुरुष गरी एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई सय ६० जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या दुई लाख ६८ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म दुई हजार ३८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार आठ सय १५ जना कोरोनाका सक्रिय संक्रमितल रहेका छन् ।