Share this News on Social Networking Pages

बुटवल २५ माघ ।
बुटवल बहुमुखी क्याम्पस प्रशासनले नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानीको टंकीे भत्काएको विरोधमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनसंग भएको सहमती कार्यान्वयन गराउन आन्दोलित नेविसंघका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा आईतवार तालाबन्दी गरेका हुन् ।

तालाबन्दीपछि नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई कार्यवाहक सभापति ऋषि भण्डारीले विज्ञप्ति जारी गदै वि.स.२०५२ सालमा नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानीको टंकी क्याम्पस प्रशासनले भत्काएपछि आफ्नो माग पुरा गर्न क्याम्पस प्रशासनले बेवास्ता गरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको जनाएका छन् ।

गत २०७६ असार १६ गते क्याम्पस प्रशासनले विना जानकारी पानीको टंकी भत्काएपछि तत्कालिन क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीले टंकी निमार्ण गरिदिने सहमति गरेको नेविसंघले जनाएको छ ।

सुवेदीको कार्यकाल सकिएपछि नयाँ क्याम्पस प्रमुख समक्ष नयाँ खानेपानी टंकी निर्माण गर्न जग्गा उपलब्ध गराउने सहमति भएपनि अहिले आएर त्यस सहमति भन्दा बाहिर गएर क्याम्पस प्रशासनले राजनितिक पुर्वाग्रह राखी नेपाल विद्यार्थी संघलाई क्याम्पस प्रमुखले काम सुचारु गर्न पत्र नदिएको संघको आरोप छ ।

विभिन्न बहाना बनाई क्याम्पस प्रशासनले निमार्ण कार्यमा अवरोध पु¥याएकाले नेवि संघ बुटवल बहुमुखी क्याम्पस आन्दोलित भएको भण्डारीले बताए ।

क्याम्पस प्रशासनले दिएको समय सीमासम्मपनि क्याम्पस प्रमुखले निमार्णको काम सुचारु गर्न नदिएकोले बाध्य भएर क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन ताला लगाएको भण्डारीको भनाई छ ।