काठमाण्डौ,२१ माघ ।
नेपालमा बुधबार थप एक सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७१ हजार चार सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई सय ६ जनाकोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ६७ हजार ६५ जना कोरोना संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ३५ रहेको छ । अहिलेसम्म २० लाख ८१ हजार ६ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ ।