Share this News on Social Networking Pages

बुटवल,२० माघ ।
पश्चिम नेपाल बिकास ट्रष्टद्धारा कपिलवस्तुको तिलौराकोट –६ मा रहेका अति विपन्न समुदायलाई न्यानो कपडा वितरण गरेको छ ।

बिभिन्न किसिमका लगाउने कपडा देखि ब्लाङकेट वितरण गरिएको । उक्त कार्यक्रमबाट सोहि तिलौराकोट गाँउका झण्डै ४ सय जनालाई कपडा वितरण गरिएको ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेले बताए ।

पोखरामा रहेको मानविय सेवा अभियान नेपालसगंको सहकार्यमा कार्यक्रम गरिएको घिमिरेले बताए । उक्त कार्यक्रममा मानविय सेवा अभियानकी अध्यक्ष सुष्मा पौडेल, उपाध्यक्ष मेघमान श्रेष्ठ, संयोजक कुलमाया पौडेल, सल्लाहकार माधव पहाडी, सदस्यहरु गोकर्ण अधिकारी, करुणा गुरुङ्ग, लक्ष्मी थापा, लक्ष्मी आचार्य, रामकृष्ण पहाडी, सविता मगर, धनिराम ढकाल, कमल पौडेल (अमर नेपाल अध्यक्ष) सहभागी थिए ।

त्यस्तै पश्चिम नेपाल विकास ट्रष्टको तर्फबाट अध्यक्ष गौरीमाया थापा, कोषाध्यक्ष पदम घिमिरे, सह–सचिव लक्ष्मी अधिकारी को सहभागिता रहेको थियो ।

कार्यक्रममा तिलौराकोट आमा समुह र स्थानिय जनप्रतिनिधिहरुकोे समेत सहभागिता रहेको थियो । हुनेले नहुनेलाई, दान होइन उपहार दिने बानी बसालौ भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएका छन ।