Share this News on Social Networking Pages

बुटवल,१९ माघ ।
नेपालमा सोमबार थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुष गरी १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ६ सय जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । यसअघि गएको बिहीवार पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेका थियो ।

नेपालमा हालसम्म २०२९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २ हजार ४८९ जना संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ८४२ जनाको होम आइसोलेसनमा छन् भने १२८ जनाको आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।