Share this News on Social Networking Pages

बुटवल,१७ माघ ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघकाे अध्यक्षमा सीताराम न्याैपाने निर्वाचित भएका छन ।

शनिबार बुटवलमा सम्पन्न महासंघको साताै वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशनबाट न्याैपाने ६० मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी किरण थापाले ४८ मत प्राप्त गरे ।

साधारण सभाबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाट प्रदिप कुमार खड्का, प्रदेश ३ बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सहसचिवमा मीन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्ल, सहकोषाध्यक्षमा विप्लव हमाल निर्विरोध भएका थिए ।

शनिबार अबेर अध्यक्ष र सदस्य पदमा भने मतदान भएको थियो । जसमा अध्यक्षका उम्मेदवार किरण थापालाई १२ मतले पराजित गर्दै सिताराम न्यौपाने विजयी भएका हुन। महासंघको सदस्यमा अमर विक्रम शाहले ६२, बेचन शर्मा ठाकुरले ६८, विकास नारायण श्रेष्ठले ५२, केदार गिरिले ६४, सरोज कुवरले ६२, शारदाप्रसाद ढकालले ४६, शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत जगदिश बमले बताए।