बुटवल,१६ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले अहिलेको निकाश ताजा जनादेश नै भएको बताएका छन् ।
प्रधानमन्त्री केपि शर्मा ओलीको कदम अदालतले सदर गरे निर्वाचनमा जानु नै उत्तम विकल्प हुने उनले बताए ।
राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ ले शुक्रबार मानपकडीमा आयोजना गरेको प्रदेशस्तरीय सभालाई संबोधन गर्दै नेता बोहोराले भने– “अदालतको निर्णय मान्छौं, तर राप्रपाको सोच ताजा जनादेश नै हो, ताजा जनादेश नै अहिलेको निकास हो ।” जनताले पनि ताजा जनादेश खोजेको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको र अदालतको निर्णय सबैले मान्नुपर्ने उनले बताए । तर संसद पुनस्र्थापना भए पुनः फोहोरी खेल सुरु हुने बोहोराले बताए । फोहोरी खेलबाट जनताको हकअधिकार स्थापित नहुने पनि उनले बताए ।
निर्वाचनको लागि राप्रपाले तयारी थालिसकेको बोहोराले बताए । उनले विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसो हुन नसके हिन्दु राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्ने बताए ।