Share this News on Social Networking Pages

डोटी,१५ माघ ।
डोटीको केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीकाअनुसार छोराले भारतबाट चोरी गरी ल्याएको सुन र नगद घरमा लुकाएर राखेको अभियोगमा काली भुललाई पक्राउ गरेको हो ।

उनको घरबाट एक किलो १०० ग्राम सुन तथा १७ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुन र रकम ल्याउने व्यक्ति फरार रहेको र घरमा रहेकी आमा काली भुललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक जोशीले बताए ।

सुन अन्य व्यक्तिले पनि बाँडेर लगेको भन्ने खबर पाएको र संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।