चरम आर्थिक समस्याका कारण कोभिडबाट पीडित व्यवसायीलाई राहातदिन नसकिएको स्वीकारोक्ति
बुटवल, १४ माघ ।
सरकारका अर्थ मन्त्री विष्णु पौडेलले कोभिड–१९ ले गर्दा सरकार चरम आर्थिक समस्यामा परेको खुलासा गरेका छन् ।
सरकारको आर्थिक अवस्था कठ्याङग्रीने चिसोमा छोटो सिरक ओढदा टाउको तिर तान्दा खुट्टामानपुग्ने खुट्टातिर तान्दा टाउँकोमा नपुग्ने जस्तै भएको बताए ।
कोभिड–१९ का कारण सरकार पनि छोटो सिरक ओढेर डल्लो परेर सुत्न बाध्य भएको अर्थमन्त्री पौडेलले खुलासागरे ।
बुधवार तिलोत्तमा चेम्वर अफकमर्स रुपन्देहीको छैठौ र सातौ वार्षिक साधारण सभामा वोल्दै अर्थमन्त्रीपौडेलले सरकार आर्थिक रुपमा समस्यामा रहेको यर्थाथता सार्वजनिक गरेका हुन् ।
साधारण सभामावोल्ने उद्योगी व्यवसायीले कोभिडले पारेको विकराल समस्या र व्यवसायीले भोग्नु परेको आर्थिक कठिनाइमा सरकारले व्यवसायीलाई राहात तथा सहुलियत नदिएको गुनासो राखेका थिए ।
व्यवसायीका गुनासालाई लक्षीतगदै अर्थमन्त्री पौडेलले व्यवसायीका समस्याका सवालमा सरकारले बुझेको छ तर सरकारले छोटो सिरक ओढनु परेको बाध्यतालाई व्यवसायीले बझिदिन आग्रहगरे ।
उनले सरकार जस्तै जाडोमा छोटै सिरक ओढी डल्लो परेर सुत्न उद्योगि व्यवसायीहरुलाई आग्रह समेत गरे ।
अर्थमन्त्रीपौडेलले मुलुकका विभिन्न स्थानमा विकास निर्माण योजनाको शिसन्यास कार्यक्रममाभने वजेट अभाव हुन नदिने र वजेटको सरकारसंग कुनै कमीनभएको दोहोराउदै आएका थिए ।
तर उद्योगीव्यवसायीले सरकारले राहतदिन पर्यो भनी मागगर्दा सरकारका अर्थमन्त्रीले आर्थिक अभाव रहेको देखाउदै उम्कने गरेको भन्दै व्यवसायी भने रुष्ट बनेका छन् ।
उनले नीजि क्षेत्रको समस्या सरकारले बुझेको छ भन्दै नीजि क्षेत्रका समस्या सुन्ने र छलफल गरि अगाडी बढन सरकार प्रतिवद्ध रहेको धारणा राखे ।
अर्थमन्त्रीपौडेलले कोभिडले गर्दा प्रधानमन्त्रीओलीले अगाडी सार्नु भएको र देख्नु भएको सपना समृद्ध नेपालखुशी नेपालीजनताको नारा सार्थक हुनमा कठिनाई भएको भन्दै देश बनाउनेले पहिला सपना देख्न जरुरी रहेको बताउनुभयो ।
कोभिड विरुद्धको खोप क्रमिक रुपमा सवै नेपालीलाई निशुल्कउपलब्ध गराउन सरकार लागि परेको पनि बताए ।
अर्थमन्त्रीपौडेलले कोभिडले गर्दा मुलुकले लिएका राजस्वकालक्ष्य पुरा हुननसक्दा समस्या बढेको तितो यर्थाथता जानकारी गराए ।
चेम्वरकाअध्यक्ष जेपी कडेलको अध्यक्षतामाभएको कार्यक्रममालुम्बिनीप्रदेश सरकारकाउद्योग मन्त्रीलिलागिरी आन्त्तरिक राजस्वकार्यालय भैरकवाकाप्रमुखमुक्ति प्रसादआचार्य, तिलोत्तमाउद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी चेम्वरका प्रथम उपाध्यक्ष वाबुलाल भुसाल पत्रकारमहासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगायतले व्यवसायीका समस्यामा सरकार उदासिनभएको आरोप लगाएका थिए ।