Share this News on Social Networking Pages

काठमाण्डौ,१४ माघ ।
काठमाण्डौको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा ट्रक चालक र सहचालकको मृत्यु भएको छ ।

थाहाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१ ९९ नम्बरको ट्रक गएराति साढे ८ बजे हनुमाने भन्ने स्थानमा पल्टिँदा चालक मकवानपुरको थाहा नगरपालिका ४ बज्रबाराहीका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाण्डौको दक्षिणकाली बस्ने गोमबहादुर बुढाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्रक सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।