Share this News on Social Networking Pages

बुटवल,१३ माघ ।
चितवन रुकुम पूर्वमा भएका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१० मा स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

सनराइज विद्यालयको बा २ ख ५६७४ नम्बरको बसले बा ९२ प ५३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोलुखुम्बुका २४ वर्षका अनिल मगर र मोटरसाइकलको पछाडि बस्ने सुनसरी घर भएका गौरव राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनिहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचारका क्रममा बिहान सवा ९ बजे मृत्यु भएको हो ।
त्यस्तै रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबारामा ट्याक्टर दुर्घटना सोही वडाका ट्याक्टरका सहचालक २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु गएको हो ।

गएराति साढे ९ बजेतिर पाथिहाल्नबाट डोजरको बकेट बोकेर रुकुमकोटतर्फ जादै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार दुर्घटनामा परेर ट्याक्टरका चालक २१ वर्षीय जीवन बुढाथोकी घाइते भएका छन । घाइते बुढाथोकीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।