Share this News on Social Networking Pages

बुटवल,१२ माघ ।
रुपन्देहीमा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा २ महिला र १० पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ३९ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ६ जना, तिलोत्तमा नगरपालिकाका २ जना, देवदह नगरपालिका, सैनामैना नगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका र सुद्धोधन गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा जिल्लाका थप ६ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

जिल्लामा हालसम्म ८ हजार ६ सय ८३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हाल जिल्लाभर एक सय १३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् भने एक सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा जनाइएको छ ।