Share this News on Social Networking Pages

काठमाण्डौ,१२ माघ ।
नेपालमा सोमबार थप तीन सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६९ हजार सात सय ८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय एक जना निको भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार पाँच सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या दुई हजार ११ पुगेको छ ।

अहिले नेपालमा तीन हजार दुई सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।