बुटवल,१२ माघ ।
कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्यूटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमण भई चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान ÷वीर अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले सोमबार एक समवेदना वक्तव्य जारी गरी कम्प्यूटर अधिकृत श्रेष्ठको मृत्यु भएको जनाएको हो ।
भारतबाट अनुदानमा उपलब्ध गराएको कोरोना बिरुद्धको खोप लगाउने तयारी भैरहेका बेला स्वास्थ्य मन्त्रालयकै अधिकारीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।