बुटवल,११ माघ ।
रुपन्देहीमा आइतबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ५ महिला र ८ पुरुष गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय २७ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ५ जना,कञ्चन गाउपालिकाका ३ जना, देवदह नगरपालिकाका २ जना तथा तिलोत्तमा नगरपालिका,सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा जिल्लाका थप १४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
जिल्लामा हालसम्म ८ हजार ६ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हाल जिल्लाभर एक सय ७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् भने एक सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख छ ।