काठमाडौँ,११ माघ ।
नेपालमा आइतबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ ।
त्यसैगरी २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार १ जना पुगेको छ ।
हाल देशभरि सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ रहेको छ ।
देशभरि हाल १ सय ४५ क्वारेन्टाइनमा रहेका छन् ।