बुटवल,११ माघ ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा दुई दिदीबहिनीमाथि सामूहिक बलात्कार गरी नग्न फोटो खिचेको आरोपमा एक प्रहरी सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका ट्राफिक प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेका छन् ।
सामुहिक बलात्कार गरी नग्न फोटो सार्वजनिक गरेको आरोपमा जाहेरी परेका ४ जना मध्ये एक प्रहरी जवानसहित दुईजना पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।
गत कार्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो भने अर्कीको नग्न फोटो खिचेर सार्वजानिक गरिएको थियो ।
उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख,प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।
गत कार्तिक २३ गते बेलुका साढे ८ बजे भएको घटनामा २ जना प्रहरी र २ जना साधारण नागरिक संलग्न भएको उजुरी परेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।