बुटवल,११ माघ ।
बारा र रौतहटमा भएका छुट्टा छुट्टै सवारी दुर्घटना दुईजनाको मृत्यु भएको छ ।

बाराको पर्वानीपुर गाउँपालिका ४ चैनपुरमा प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गुप्ताको उपचारका क्रममा बयोधा अस्पताल विरगन्जमा मृत्यु भएको हो । यस्तै रौतहटको यमुनामाई गाउँपालिका–४ मा ट्याक्टर र भ्यान ठोक्किँदा भ्यानका चालकको मृत्यु भएको छ ।

ना ५ त ९२ ८३ नम्बरको ट्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुढा नगरपालिका–९ का राजेशकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।