बुटवल,१० माघ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले शनिबार रुपन्देही लगायत देशभरको जनजिवन प्रभावित बनेको छ ।
बन्दका कारण सबैभन्दा बढी यातायात क्षेत्रमा प्रभाव परेको छ ।
सडकमा लामो तथा छोटो दुरीमा चल्ने यात्रुबाहक सवारी साधन चलेका छैनन् भने बुटवलका मुख्य बजारका अधिकांस पसलहरुसमेत बन्द रहेका छन् ।
सडकमा प्रदर्शनकारी नदेखिए पनि रुपन्देहीको बुटवल लगायत यस क्षेत्रमा बन्दको असर परेको हो ।
सरकारद्धारा गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै गर्दै आह्वान गरिएको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा बढि देखिएको छ ।
बन्दका कारण सुदूरपश्चिम कैलालीसहितका जिल्लामा यातायात सेवा प्रभावित भएको छ ।
पुस २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको घोषणा गरेको हो ।