Share this News on Social Networking Pages

बुटवल,१० माघ ।
जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अदालतका कर्मचारी सुमित चौलागाई र मनोज थापालाई नियन्त्रणमा लिएको हो ।

रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वय चौलागाई र थापाले सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

रुपन्देही कोटहीमाई गाउँपालिका-१ बोगडियाबाट नियन्त्रणमा लिएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।