काठमाडौं,९ माघ ।
प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोग लागेका एकजना अभियुक्त दश वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङ, छाँगे–१ घर भई काठमाडौंको टोखा क्षेत्रमा लुकिछिपी बस्दै आएका कुमुकहाङ लिम्बु छन् ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरको आग्रहमा काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई पक्राउ गरेको हो । लिम्बुलाई कानुनी कारबाहीका लागि पाँचथर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
लिम्बुले २०६७ सालमा सामान्य विवादमा प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा मुद्धा दर्ता भएको थियो ।