बुटवल,८ माघ ।
रुपन्देहीमा बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा १ महिला र ३ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ९ हजार १ सय ६ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका २ जना तथा बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा हालसम्म ८ हजार ८ सय ३४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म जिल्लामा एक सय ३२ जना कोरोना संक्रमित उपचाररत रहेका छन् भने एक सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएको छ ।
मंगलबार १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको रुपन्देही जिल्लामा बुधबार संक्रमितको संख्या सुन्य रहेको थियो भने बिहीबार ४ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।