काठमाण्डौ,८ माघ ।
नेपालमा बिहिबार थप ३३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुष गरी ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय २६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ६२ हजार आठ सय ६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म एक हजार नौ सय ७९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीवार संक्रमण पुष्टि भएकामध्ये एक सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।