रेडियो लुम्बिनी बन्यो उपविजेता
बुटवल,३ माघ ।
रुपन्देहीमा भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ को उपाधि बुद्ध टि.भी.ले हात पारेको छ ।

ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना शनिबार भएको प्रतियोगितामा रेडियो लुम्बिनीलाई ३–२ गोल अन्तरले पराजीत गर्दै बुद्ध टि.भी.ले उपाधि हात पार्न सफल भएकोे हो ।

र्निधारित समयमा दुबै टिमबाट समान ३÷३ गोल भएपछि पेनाल्टीमा बुद्ध टि.भी.ले रेडियो लुम्बिनीलाई पराजीत गरेको हो ।

उपाधिसँगै बुद्ध टि.भी.ले नगद रु १५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको रेडियो लुम्बिनीले नगद रु १० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा बुद्ध टि.भी.का बिक्रम खड्काले उत्कृष्ट खेलाडी, बुटवल टुडेका स्वस्तिक श्रेष्ठले सर्वाधिक गोलकर्ता र रेडियो लुम्बिनीका प्रकाश गौतमले उत्कृष्ट गोलकिप्परको उपाधि प्राप्त गरेका छन् भने राज्य टेलिभिजन अनुशासित टिम घोषित भई सम्मानित भएको छ ।

प्रतियोगिताका विजयीलाई पत्रकार महासंघ, रुपन्देहीका
उपाध्यक्ष दिनेश पाण्डे, ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसाल , निर्देशक श्रृष्टि अधिकारी, सह–प्रायोजक हाइलाइफ फुड्सका अध्यक्ष पंकज ज्ञवालीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले नगरमा मिडिया कप आयोजना हुनु गौरवको विषय बताए । उनले भने ‘ तिलोत्तमा नगरमा आयोजित प्रतियोगिताले रुपन्देहीका सञ्चार गृहका सञ्चारकर्मीहरु बीच एकता र सञ्चारकर्मीहरु पनि खेलकूदमा सक्रिय छन् भन्ने सन्देश दिने छ ।’

आयोजक ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालले रुपन्देहीका सञ्चारकर्मीहरु बीच आपसी भेटघाट र सद्भावका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

त्यसैगरी उद्घाटन कार्यक्रममा रोटरी ईन्टरनेसनल ३२९२ जोन१८ का एसीस्टेण्ट गर्भनर ध्रुब कुमार धिताल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगाएतले बोल्दै प्रतियोगिताको सभ्य र भव्य रुपमा सफलताको कामना गरे ।

कार्यक्रममा रोटरी ईन्टरनेसनल ३२९२ जोन१८ का एसीस्टेण्ट गर्भनर ध्रुब कुमार धिताल, जोन २० का एसीस्टेण्ट गर्भनर राजकुमार गुप्ता, प्रतियोगिताका संयोजक डि.बी. सुस्लिङ, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसी, प्रतियोगिताका निर्णायक समितिका सदस्य यमलाल भुसाल, विश्वास ढकाल लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा आयोजक ग्लोबल आवाजसहित बुटवल टुडे, लुम्बिनी टाइम्स, रेडियो जागरण, लुम्बिनी दैनिक, राज्य टि.भी., रेडियो मलमला, कञ्चन खबर, रेडियो लुम्बिनी, बुद्ध टि.भी., खस्यौली एफ.एम., सबल नेपाल, लुम्बिनी टि.भी., रेडियो शुद्धोधन, टि.भी. र मेचीकालि गरी १६ मिडिया हाउसको सहभागिता रहेको थियो । रेडियो मुक्ति र पत्रकार महिला समूह बीच भएको मैत्रिपूर्ण खेलमा रेडियो मुक्ति विजय भएको छ । खेलमा रेडियो मुक्तिले पत्रकार महिला समूहलाई १–० को अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको मूख्य प्रायोजन टेन स्टिल प्रा.ली.तथा हाई लाइफको सह–प्रायोजन रहेको थियो भने मिडिया पार्टनरको रुपमा राज्य टि.भी. र बुटवल टुडे, अफिसियल बैँक पार्टनरमा शाइन रेसुङेगा बैँक रहेको थिए । प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको थियो । उद्घाटन कार्यक्रममा आयोजक अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालको अध्यक्षता, तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता र रोटरी रुपन्देहीका पूर्व अध्यक्ष राजकुमार पाण्डेको स्वागत मन्तव्य तथा सञ्चारकर्मी सञ्जु पौडेलेको सञ्चालनमा भएको थियो ।