Share this News on Social Networking Pages

बुटवल,३ माघ ।
संसद बिघटनको बिरोधमा नेपाली कांग्रेसले आज बुटवलमा पनि बिरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ ।

देशका ७५३ स्थानीय तहमा बिरोध प्रदर्शन गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार पार्टीको बुटवल उपमहानगर समितिको आयोजनामा बुटवलमा बिरोध प्रदर्शन भएको हो ।

बिरोध कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका युवा नेता युवराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर संविधान मिच्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीलेनै गल्ती सच्याउनुपर्ने बताए ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेको सभापतित्व र पार्टीका महासमिति सदस्य तथा गत निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका युवा नेता युवराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका महासमिति सदस्यहरु राम बहादुर कार्की,बालकुमारी भण्डारी,काजिमान श्रेष्ठ,पार्टीका रुपन्देही क्षेत्र नं का क्षेत्रिय सभापति हरी लम्साल,बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह,नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्ति पौडेल,नेविसंघ पुर्व केन्द्रीय सदस्य जमुना ढकाल,पार्टीका पूर्व क्षेत्रिय सभापति हरीध्वज मल्ल,बुटवल उपमहानगर उपसभापति विमलराज भट्टराई,सचिव ज्योती भण्डारी लगायतले बोल्दै प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद बिघटन गरेको भन्दै संसद पुनस्र्थापना नभए सम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिएका थिए ।

यसअघि बुटवलको अस्पताललाइनबाट सुरु भएको बिरोध जुलुस अमरपथ,पाल्पा रोड हुदै ट्राफिक चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।